१४ असोज, काठमाडौं । अहिले देशको पश्चिमी भुभाग लगायत पुर्वी पहाडी भुभागमा आंसिक देखि सामान्य बदली भई वर्षा भइरहेको छ ।

अहिले मनसुनी न्यून चापीय रेखा औसत स्थानमा रहेकोले बाँकी भुभागमा आंशिक बदली रही पुर्वी पहाडी भुभागका थोरै स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महशाखाले जनाएको छ । मंगलबार राति देशभरि आंसिक देखि सामान्य बदलि रही पश्चिमी भुभाग लगायत मध्य तथा पुर्वी पहाडी भुभागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना छ रहेको महाशाखाले जनाएको छ ।

बुधबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही पश्चिमी तथा मध्य भुभाग लगायत पुर्वी पहाडी भुभागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ । पश्चिमी तथा पुर्वी पहाडी भुभागका १ वा २ स्थानमा मेघगर्जन चट्याङको सम्भावना छ । यस्तँै राति देशभरि आंसिक देखि सामान्य बदलि रहि मध्य तथा पुर्वका थोरै स्थानहरुमा साथै पश्चिमका १ वा २ स्थानमा हल्का वर्षाको सम्भावना छ रहेको महाशाखाले जनाएको छ ।

त्यसैगरी बिहीबार दिउँसो देशभरि आंसिक देखि सामान्य बदली रहि मध्य तथा पुर्वका थोरै स्थानहरुमा साथै पश्चिमका १ वा २ स्थानमा हल्का वर्षाको सम्भावना छ । राति देशको मध्य तथा पुर्वी भुभागमा आंसिक देखि सामान्य बदलि रहि थोरै स्थानहरुमा हल्का वर्षा हुनेछ । पश्चिमी भुभागमा आंसिक बदली रहनेछ ।