२७ चैत, काठमाडौ ।

कहीँ नभएको जात्रा हाडी गाउँमा भनेझै कहीँ नभएको बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष केपी ओलीले पार्टी सञ्चालन र सरकार एकलौटी रुपमा चलाएको भन्दै चर्को आलोचना भएपछि आजबाट केन्द्रीय कमिटी र पोलिटब्यूरोको बैठक एक साथ सुरु हुने भएको छ ।

फाइल तस्बिर

फाइल तस्बिर

प्रधानमन्त्री ओलीले कार्यव्यस्तता देखाएपछि दुवै बैठक एक साथ सुरु हुन लागेको हो । माधव नेपाल पक्षधर नेताहरु पोलिटब्यूरोको बैठक सम्पन्न गरेर केन्द्रीय समितिको बैठक बस्नु पर्ने आग्रह गरेपनि ओलीले दुवै बैठक एकै साथ बोलाएका छन् ।

केन्द्रीय कमिटीमा अध्यक्ष ओलीले पोलिटब्यूरो बैठकमा पेश गरेको १२ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ । केन्द्रीय कमिटी बैठक सम्पन्न भएलगत्तै पाँच बजेको लागि पोलिटब्यूरोको बैठक बोलाएको एक नेताले बताए ।

यो पनि पढ्नुस्।
बैशाखदेखि ३ देखि ५ घण्टासम्ममात्रै लोडसेडिङ हुन्छ: उर्जामन्त्री रायमाझी
ओली सरकार ढाल्ने सल्लाह गर्न देउवा दिल्ली जादै
थापाले बहुमत पुर्याउदा वैद्यले गरे एक महिना बैठक स्थगित
अकबरका तीन मुश्किल प्रश्न, बीरबलका अचम्मका जवाफ…