१ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपी कोईराला र गिरिजाप्रसाद कोईरालाको बाटोमा नहिडे काँग्रेसको भविष्य नरहने चेतावनी दिएका छन् ।

शुक्रबार माओवादी पार्टी कार्यालय कोटेश्वरमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दे अध्यक्ष दाहालले अब पनि काग्रेस सच्चिएर विपी र गिरिजाबाटोमा नआए भविष्य नरहने चेतावनी दिएका हुन् ।

कांग्रेसको गणतन्त्रप्रतिको निष्ठा कमजोर हुँदै गएको भन्दै उनले समाजवादी आदर्शलाई पनि काग्रेंसले विर्सिएको आरोप लगाए । अध्यक्ष दाहालले बामगठबन्धनले आगामी निर्वाचनमा बहुमतको सुनिश्चिततामात्र नभई मुलुकको स्वाधिनता राष्ट्रियता बलियो हुने तर्क गरे ।

उनले आफुहरुको गठबन्धनबाट काग्रेसले पाठ सिकेर मुलुकको आर्थिक विकास र समृद्धिका लागि अघि बढ्नुपर्ने धारणा राखे । कार्यक्रमा काग्रेस, राप्रपा लगाएतका पार्टीका नेता तथा कार्यकर्ताहरुलाई अध्यक्ष दाहालले माओवादी केन्द्र प्रवेश गराएका थिए ।