काठमाडौं, २७ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रसको अवरोधका कारण साेमबारकाे संसद बैठक स्थगित भएको छ ।

गुठीसम्बन्धी विधेयकलाई लिएर विरोधमा उत्रिएकालाई सरकारले दमन गरेको भन्दै काँग्रेसले संसद बैठकको सुरुमै विरोध गरेको थियो । त्यसपछि भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पदमा अर्यालले जवाफ दिएपनि चित्त नबुझेको भन्दै काँग्रैस सांसदले आफ्नो ठाउँबाट उठेर विरोध जारी राखे ।

उनीहरुले भूमि सम्बन्धी विधेयक फिर्ता लिन पनि माग गरे । त्यसपछि सभामुख कृष्णबहादुर महराले १५ मिनेटका लागि भन्दै बैठक स्थगित गरे पनि पछि सूचना प्रकाशित गरी मंगलबार विहान ११ बजे बस्नेगरी बोलाइएको छ ।