२७ भदौ, सप्तरी।

आन्दोलनकारीहरुको छुट्टा छुट्टै दुई टोलीले सप्तरी सदरमुकाम राजविराज र रुपनी बजारमा प्रदर्शन थालेपछि सप्तरीको माहौल तनावपुर्ण भएको हो । प्रदर्शनकारीहरुले राजविराज स्थित नेपाली काँग्रेसको जिल्ला कार्यालयमा आगजनी गरेका छन् ।

saptari congress party office fire (2)

आगजनीका कारण पार्टी कार्यालयको सम्पुर्ण फर्निचर, दराज तथा महत्वपुर्ण कागजातहरु जलेर नष्ट भएको नेपाली काँग्रेस सप्तरीले जनाएको छ । घटना स्थलमा तत्कालै पुगेका प्रहरी टोलीले आगो नियन्त्रणमा लिएका थिए । स्थिती नियन्त्रणमा लिन प्रहरीले ४ राउण्ड अश्रु ग्यास तथा ६ राउण्ड हवाई फायर समेत गर्नु परेको सप्तरी प्रहरीले जनाएको छ ।

saptari congress party office fire (3)

प्रहरीले प्रदर्शनमा रहेका सदभावना पार्टीका केन्द्रीय सदस्य दिनेश यादव, जिल्ला सचिव हरेराम यादव लगायत आधा दर्जन वढीलाई नियन्त्रणमा लिएको सदभावना पार्टीका जिल्ला अध्यक्ष सुनिल झाले जानकारी गराएका छन् ।

saptari congress party office fire (1)

आगजनी प्रति काँग्रेसको भत्र्सनाः

यसैविच आफ्नो पार्टी कार्यालयमा भएको आगजनीको घटना प्रति नेपाली काँग्रेस सप्तरीका सभापति दिनेश यादवले भत्र्सना गरेका छन् । उक्त घटनालाई लोकतन्त्र प्रतिको उपहास भन्दै सभापति यादवले जारी आन्दोलनमा उठाईएका मागहरु सम्बोधन गरिनुपर्ने पक्षमा नेपाली काँग्रेस सप्तरी समेत रहेको जनाएका छन् ।