एजेन्सी । भारतमा विपक्षी दल काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बसिरहेको छ । लोकसभा चुनावको परिणाम समीक्षा गर्न बोलाइएको बैठकको सुरुमै अध्यक्ष राहुल गान्धीले चुनावमा पराजयको जिम्मा लिँदै राजीनामा दिने बताएका छन् ।

उनले राजीनामा दिने भनेपछि पूर्व प्रधानमन्त्रीसमेत रहेका मनमोहन सिंह र प्रियंका गान्धीले राजीनामा नदिन राहुललाई सम्झाएको भारतीय संचारमाध्यामले उल्लेख गरेका छन् । चुनावको परिणाम आएलगत्तै राजीनामाबारे राहुलले सोनियाँ गान्धीलाई राजीनामा बुझाउने बताएका थिए । सोनियाले कार्यसमिति बैठकमा आफ्ना कुरा राख्न भनेकी थिइन् । तर अहिले बसिरहेको बैठकमा राहुलको राजीनामा पार्टीको केन्द्रीय कार्यसमितिले अस्विकार गरेको समाचारहरुमा उल्लेख छ ।

बैठकमा चुनावी हारको समीक्षा हुनेछ । यसैबीच कर्नाटक, उत्तरप्रदेश र उडिसामा काँग्रेसका प्रदेश अध्यक्षहरुले राजीनामा दिएका छन् ।