३ जेठ, काठमाडौं ।

सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेस अस्तव्यस्त देखिएको छ । पार्टी सञ्चालदेखि सदनमा प्रमुख प्रतिपक्ष्कको भूमिकामा नेतृत्व चुकेको भन्दै पार्टीभित्र असन्तुष्टि बढेको छ ।

पार्टीसभापति शेरबहादुर देउवाको कार्यशैलीलाई लिएर केही केन्द्रीय सदस्यले सामाजिक सञ्जालमै असन्तुष्टि पोख्न थालेका हुन् ।

कांग्रेस केन्द्रीय सदस्य धनराज गुरुङ सभापति देउवा संस्थागत निर्णय नगरी केही सल्लाहकारको भरमा चल्दा उनको भनाइ विवादित बनेको बताउँछन् ।

सरकार परिवर्तनका लािग गरेको प्रयास असफल हुनु, फास्ट ट्र्याकको विषयमा संसदमा बोलेको कुराको आलोचना हुन त्यसकै परिणाम हो । उनी भन्छन् ‘यसबाट पाठ सिकेर संस्थागत निर्णयबाट अघि बढ्नुभयो भने उहाँलाई त्यसले सुदृढ बनाउनेछ ।’ देउवाले सदमा नीति तथा कार्यक्रममको छलफलमा स्वदेशी लगानीमा फस्ट ट्याक बन्न नसक्ने बताएपछि उनी आलोचित बनेका हुन् ।

पार्टीका नेता रामचन्द्र पौडेलसहित दुई गुट छ । सभापतिनिकट नेता मौन रहे पनि पौडेल पक्षकाहरुले भने देउवाको कार्यशैलीको आलोचना गरिरहेका छन् ।

पहिलो सभापति सुशील कोइरालका भएको समयमा एकलौटीरुपमा चलेको आरोप लगाउने  देउवा अहिले आफैंले त्यसो गरिरहेको पौडेल पक्षाका केन्द्रीय सदस्यहरुले आरोप लगाउने गरेका छन् ।

दुई महिनामा पदाधिकारी नियुक्त भइसक्नु पर्ने पार्टी विधानमा व्यवास्था भएपनि देउवाले त्यसलाई पूर्णता दिन नसकेकोमा उनी पक्षधरका नेता पनि सन्तुष्ट छैनन् । कारोबार दैनिकमा समाचार छ ।