२६ असोज, रौतहट । प्रतिनिधिसभामा नेपाली काङ्ग्रेसका तर्फबाट निर्वाचित सदस्य मोहम्मद आफताब आलमलाई प्रहरीले पक्राउ गरेको छ । रौतहट क्षेत्र नं २ बाट निर्वाचित सांसद आलमलाई रौतहट प्रहरीले आज बिहान पक्राउ गरेको हो ।

;+;b ckmtfa cfnd kqmfp /f}tx6, @^ c;f]h -/f;;_ Mg]kfnL sfª\u|];sf ;+3Lo ;+;b ckmtfa cfndnfO{ k|x/Ln] kqmfp u/]sf] 5 . lj;+ @)^$ r}tdf ePsf] ad sf08df ;+nUg ePsf] cf/f]kdf pgLdfly ls6fgL hfx]/L k/]kl5 /f}tx6 If]q g+= @ af6 lgjf{lrt k|ltlglw;ef ;b:o cfndnfO{ /f}tx6 k|x/Ln] cfOtaf/ laxfg kqmfp u/]sf] xf] . tl:a/ M ptds’df/ pkfWofo

सांसद आलमलाई गौर नजिक इद्रिस गेटबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता नवीन कार्कीले बताए । विसं २०६४ चैतमा भएको बम काण्डमा संलग्न भएको आरोपमा उनीमाथि किटानी जाहेरी परेको थियो । आलमलाई जिल्ला प्रहरी कार्यालय रौतहटमै राखिएको छ । आज अदालतबाट म्याद थप गरी अनुसन्धान गरिने प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।

उनीमाथि पहिलो संविधानसभाको निर्वाचनमा बुथ क्याप्चर गर्ने उद्देश्यले आफ्नै घरमा बम बनाउन लाग्दा विस्फोट भई घाइते भएकामध्ये १३ जनालाई नजीकैको इँटाभट्टामा जलाएर मारेको आरोप थियो । पछि मृतकका आफन्तले हालेको रिट निवेदनमा सुनुवाइ गर्दै तत्कालीन न्यायाधीशद्वय सुशीला कार्की र भरतबहादुर कार्कीको संयुक्त इजलासले २०६९ जेठ १६ मा दोषी आरोपित आलमसहित पाँच जनालाई गिरफ्तार गरी कारवाही प्रक्रिया अघि बढाउन आदेश दिएको थियो । रासस