२५ साउन, सिन्धुपाल्चोक ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खानेपानी आयोजनाको स्थलगत निरीक्षण गर्दै हुनुहुन्छ । हेलिकप्टरबाट आयोजनास्थल पुगेका प्रधानमन्त्री देउवाले अहिले मुहनाको इन्टेक ड्याम र सुरुङको केही खण्ड अवलोकन गरिरहेको खानेपानी तथा सरसफाई मन्त्रालयका सचिव भीम उपाध्यायले जानकारी दिए ।

अवलोकनका क्रममा सचिव उपाध्याय नेतृत्वको टोलीले आयोजनाको प्रगति विवरणबारे प्रधानमन्त्रीलाई जानकारी गराउनेछ । आयोजनामा अहिले सुरुङ निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

साढे २७ किलोमिटर सुरुङ निर्माण गर्नुपर्नेमा अब २ दशमलब २ किलोमिटर बाँकी रहेको सचिव उपाध्यायले बताए । सरकारले दशैंअघि नै मेलम्चिको पानी काठमाडौं उपत्यका ल्याउने प्रतिवद्धता जनाएपनि कामको रफ्तार हेर्दा संभव नहुने देखिएको छ ।

फागुनसम्म सुरुङको काम सक्नेगरी काम भइरहेको आयोजनाले जनाएको छ । मेलम्चिको पानी ल्याउनका लागि सरकारले उपत्यकामा पाइप बिछ्याउने र घरघरमा धारा समेत पु¥याइसकेको छ ।