८ कात्तिक, काठमाडौं । आज विहानैदेखि बद्ली रहेको काठमाडौं उपत्यकामा चिसो बढेको छ । विहानैदेखि मधुरो घाम लागेको काठमाडौंको आकाश धुम्म भएको छ ।

काठमाडौं उपत्यकाको तापक्रम अहिले १४ डिग्रीमा झरेको छ । अरब सागर तथा बंगालको खाडीमा रहेको न्यूनचापीय प्रणाली साथै पश्चिमी वायुको प्रभावका कारणले मौसममा आंशिकदेखि सामान्य बद्ली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

पूर्व उच्च हिमाली भू भागमा हल्का हिमपातको संभावना रहेकाले सामान्य सतर्कता अपनाउन पनि विभागले आग्रह गरेको छ ।