८ कात्तिक, काठमाडौं । राजधानीको तीन स्थानबाट ठूलोमात्रामा पटकासहिनत नीजजना पक्राउ परेका छन् । उनीहरुको साथबाट करिब १ लाख मूल्य बराबरको पटाका फेला परेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।

शंकरदेव क्याम्पस नजिकबाट ज्याठा घर भएका २८ वर्षीय एलिश शाक्यलाई करिब ५० हजार रुपैयाँ मूल्य बराबरको विभिन्न प्रकारका पटाकाहरु सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको प्रहरीले उनलाई उक्त पटाका सहित फेला पारी आवश्यक अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त सिंहदरबारमा बुझाएको हो ।

साथै घट्टेकुलोबाट झापा भद्रपुर नगरपालिका–१ घर भएका ४२ वर्षीय खेमराज रेग्मीलाई स्पेसल फ्लावर १९ पाकेट, भुई चक्कर ४ पाकेट, कोब्रा ३५ पाकेट र महाविर झिरझिरे १७ पाकेट पटाका सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित रेग्मीको फेमस ईलेक्ट्रोनिक पसलमा उक्त पटाकाहरु बेचिरहेको अवस्थामा फेला पारी महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं महानगरपालिका(५ हाँडीगाँउस्थित विनिता कस्मेटिक पसलबाट माल्टा १० पाकेट, चक्र ९ पाकेट, झिरझिरे ५ पाकेट, आलु १० पाकेट र रकेट १ पाकेट पटाका बिहीबार साँझ प्रहरीले बरामद गरेको छ । महानगरीय प्रहरी वृत्त कमलपोखरीबाट खटिएको प्रहरीले उक्त पटाका फेला पारी बरामद गरेको हो ।