काठमाडौं, २ बैशाख । काठमाडौं उपत्यकामा सोमबार साँझ असिना पानी परेको छ । पश्चिमी वायुको प्रभावका कारण मौसम वद्ली भएर काठमाडौंसहित देशका केही भागमा पानी परेको हो ।

काठमाडौंउपत्यका सहित पोखरा चितवन लगायतका भागमा मेघगर्जनसहित असिना पानी परीरहेको मौसमबिद बरुण पौडेलले जानकारी दिए । पानी पर्ने क्रम बेलुकी ८/९ बजेसम्म कायम रहने मौसमबिद् पौडेलले बताए । मौसममा गडबढी आएका कारण तीन दिनसम्म आकाश नखुल्ने जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

मंगलबार विहान आकाश केही खुलेपनि बेलुकीपख हल्कादेखी मध्यम बर्षा हुने मौसमबिद पौडेलको भनाई छ । बिहीबारसम्म पश्चिम र मध्यपश्चिम क्षेत्रमा आकाश धुम्म हुने, पानी पर्ने तथा घाम नलाग्ने मौसमविदको पुर्वानुमान छ ।