२१ मंसिर, काठमाडौं । नायिका ऋचा शर्माले विवाह गरेकी छन् । उनले शनिबार राजधानीको एक पार्टी प्यालेसमा दीपेक्ष विक्रम रानासँग विवाह गरेकी हुन् । उनको विवाहको चर्चा केही साताअघि देखिनै चलेको थियो । केही हप्ताअघि ऋचाले आफूनिकट साथीहरुलाई पोखरामा ब्याचलर पार्टी दिएकी थिइन् ।

काठमाडौंमा आयोजित बिहे समारोहमा निकै नै कम चलचित्रकर्मीलाई मात्र निमन्त्रणा गरिएको छ । बिहेका ऋचा निकट मानिने केही नायिकाहरु मात्र उपस्थित छन् । ऋचा र दिपेक्ष विगत २ बर्षदेखि प्रेम सम्बन्धमा थिए ।

नायिका ऋचा शर्मा आफैले बिबाहको तस्वीर सार्वजनिक गर्दै सबैसँग आर्शिवादको कामना गरेकी छिन् । उनले लेखेकी छिन्–‘जिन्दगीको अर्को सुनौलो प्रहरमा यहाँहरुको माया र आर्शिवाद सदैव यसरी नै मिलिरहोस् ।’ दिपेक्ष ललितपुरको लाबिम मलको जनरल म्यानेजर हुन् ।