३१ जेठ, काठमाडौं ।

काठमाडौंको सितापाइला चोकमा गएराति खानेपानीको पाइप खन्ने क्रममा ढिस्कोले पुरिएर तीनजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरी चासाङ ३ का १७ बर्षीय सन्तोष दास, सप्तरीकै बनौला २ का १७ बर्षीय श्यामसुन्दर राम र पर्वत नाग्लीवाङ ८ का ४७ बर्षीय तेजप्रसाद केसी रहेका छन् ।

राति पौने २ बजे एक्साभेटरले खन्ने क्रममा खाडलभित्र भित्र काम गरिरहेका तीनै जना कामदारको घटनास्थलमै मृत्यु भएको प्रहरी वृत्त स्वयम्भुले जनाएको छ ।