३० असोज, काठमाडौं । राजधानीको पैँयुटारमा एक किशोरीमाथि यौन दुर्व्यवहार भएको छ ।

तार्केश्वर नगरपालिका–६ पैंयुटार बस्ने नुवाकोट घर भएका ३८ वर्षीय मिन कुमार लामाले सोही स्थानकी १९ वर्षीया किशोरीलाई यौन दुर्व्यवहार गरेका हुन् । दुर्व्यवहारको अभियोगमा लामालाई बुधबार साँझ पक्राउ गरेको हो ।

तारकेश्वर नगरपालिका–८ शान्तिटोल स्थित सडकमाजितपुर फेदी जाँदै गरेको बा ४ ख ७४७० नम्बरको बसमा लामाले ती किशोरीलाई यौनदुर्व्यवहार गरेको प्रहरी चौकी जितपुरफेदीले जनाएको छ ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।