२४ मंसिर, काठमाडौं । काठमाडौंमा एक युवतीले आफ्नै प्रेमीको लिंग काटिदिएकी छिन् । बौद्धमा बस्दै आएकी युवतीले प्रेममा धोका दिएको भन्दै प्रेमीको लिंग काटेकी हुन् ।

महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार युवतीले आफूहरुको प्रेम सफल हुने नदेखेपछि यस्तो गरेकी हुन् । २१ वर्षका उनका प्रेमी मकवानपुर घर भइ बौद्धमा बस्दै आएका थिए । उनले राजधानीको एक होटलमा काम गर्ने गरेको बुझिएको छ । युवतीको थर थिङ र युवकको थर सुनुवार भएको बताइएको छ । पीडित प्रेमीको चावहिलस्थित ओम अस्पतालकाे आइसीयुमा उपचार भइरहेको छ ।

युवक क्रिस्चियन र युवती बौध धर्मावलम्बी हुन् । उनीहरु एक वर्ष अघिदेखि प्रेममा थिए । युवकले आफ्ना परिवारले नमानेको भन्दै सम्बन्ध तोडेका थिए । त्यसपछि युवतीले अन्तिम पटक भेट्न बोलाएकी थिइन् । सोमबार बेलुकी भएको त्यही भेटमा युवतीले प्रेमीको लिंक काटिदिएकी हुन् । युवकको लिंग चुँडिन छाला मात्र बाँकी भएको बताइएको छ । प्रहरीले युवतीलाई पनि पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।