१७ मंसिर। काठमाडौं ।
केही दिनयता राजधानी काठमाडौंमा अधिकतम र न्यूनतम तापक्रम घट्दै गएपछि सर्वसाधारणले चिसो महसुर गर्न थालेका छन्।

गत साता ७ डिग्री सेल्सियसको हाराहारीमा रहेको राजधानीको न्युनतम तापक्रम शनिबार ५.२ डिग्रीमा झरेको जन तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूती पोखरेलले बताइन्। यो उपत्यकामा अहिलेसम्मकै सबैभन्दा चिसो हो।

आइतबार २० डिग्रीकै हाराहारीमा रहे पनि सोमबारदेखि अधिकतम तापक्रममा समेत गिरावट आउने महाशाखाको अनुमान छ। त्यसपछि अझै चिसो बढ्ने छ। आजको नेपाल समाचारपत्रमा खबर छ ।

भारतको उत्तर पश्चिमी क्षेत्र काश्मिर र आसपासबाट मुलुकमा पश्चिमी भेग हुँदै भित्रने वायुका कारण मुलुकको तापक्रममा उतार चढाव आउने गर्छ। पश्चिमी वायु हिमालयन रेज्नमा ठोकिएर अन्यत्र फैलदा उपत्यकासहित धेरै ठाउँमा अहिले चिसो बढेको छ।