२३ कात्तिक, काठमाडौं । काठमाडौं र लमजुङमा जुवातास खेलिरहेको अभियोमा ३८ जना पक्राउ परेका छन् ।

file-photo

काठमाडौंको नागार्जुन नगरपालिका–४ बाफल डेरा गरी बस्ने सिन्धुपाल्चोक साँगा चोक घर भएका ७० वर्षीय बच्चु पुरीको कोठामा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं नैकाप बस्ने मकवानपुर थाहा नगरपालिका–१० घर भएका ३९ वर्षीय शक्ति मगर लगायत १० जनालाई नगद ५७ हजार ४ सय ६० रुपैयाँ र १ बुक तास सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

यस्तै लमजुङको राईनास नगरपालिका–७ गरमबेशी बस्ने गणेश गुरुङको धन्सारमा जुवा खेलिरहेको अवस्थामा सोही नगरपालिका– खख७ बस्ने २५ वर्षीय दिपेन्द्र पराजुली लगायत २८ जनालाई कौडा र नगद १ लाख ७१ हजार ६ सय १२ रुपैयाँ सहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।