२७ असोज, एजेन्सी । दक्षिण कोरियाका कानुन तथा न्याय मन्त्री चो कुकले राजीनामा दिएका छन् । विभिन्न अपराध र दुष्कर्मको आरोप लागेपछि उनले राजीनामा दिएका हुन् ।

न्याय मन्त्रालय छाड्दा चो ले पत्रकारहरुसँग कुराकानी गर्दै आफू दुःखी र कृतज्ञ भएको बताउँदै एक साधारण नागरिकका रुपमा रहने बताएका छन् । उनले राष्ट्रपति मुन जाय इन र उनको सरकारमाथि थप बोझ दिन नचाहेको बताएका छन् ।

चो ले गएको सेप्टेम्बको शुरुवातमा पद सम्हालेका थिए । विभिन्न आरोपमा जेलिएपछि उनले एक महिनामात्रै मन्त्रीको कार्यभार सम्हाल्न पाए । उनको बहिगर्मनसँगै राष्ट्रपति मुनलाई समेत राजनीतिक झट्का लाग्ने आशंका गरिएको छ ।