२५ कात्तिक, काठमाडौं । काभ्रेमा बस दुर्घटना हुँदा कम्तीमा ३० यात्रु घाइते भएका छन् ।

बनेपाबाट नेपालथोकका लागि छुटेको बा ४ ख ३३ १९ नम्बरको बस काभ्रेको नमोबुद्ध नगरपालिका २ स्थित पात्लेखेतमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । दुर्घटनामा कम्तीमा ३० यात्रु घाइते भएका छन् भने ६ जनाको अवस्था गम्भीर रहेको प्रहरी प्रमुख जयराज सापकोटाले बताए । घाइते सबैलाई धुलिखेल अस्पताल लगिँदैछ ।