एजेन्सी । किर्गिस्तानका उपप्रधानमन्त्री तेमिर झुमाकादिरोभको कार दुर्घटनामा परी आज निधन भएको छ ।

एक राजमार्गमा गुडिरहेको उनी सबार कार ट्रकसँग ठोक्किएर दुर्घटनामा परेको किर्गिस्तानको सरकारी समाचार संस्थाले जनाएको छ ।

स्थानीय समयानुसार विहान करिब ७.३० बजे विसकेक–कारा–बाल्टा राजमार्ग अन्तर्गत पर्ने साडोभोए गाँउमा दुर्घटना भएको समाचारमा जनाइएको छ ।

उपप्रधानमन्त्री झुमाकादिरोभ र उनको सहयोगी टोयटा ल्याण्डक्रुजरमा यात्रा गरिररहेका थिए । उनीहरु दुबै जनाको भने दुर्घटना स्थलमा मृत्यु भएको बताइएको छ ।

गाडीका चालकलाई भने दुर्घटनापछि अस्पताल लगिएको थियो । उनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

उपप्रधानमन्त्री झुमाकादिरोभ ३८ वर्षका थिए। उनी गत अगस्तमा मात्रै उपप्रधानमन्त्रीमा नियुक्त भएका थिए ।