२२ कात्तिक, काठमाडौं । भारतले नेपाली भूमि मिचेको विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले वृहत परामर्श बैठक बोलाएका छन् ।

राष्ट्रिय साझा मुद्दामा सबै राजनीतिक दलको समान धाराणा बनाउनका लागि प्रधानमन्त्री ओलीले वृहत परामर्श बैठक बोलाएका हुन् । बैठकमा सबै पूर्व प्रधानमन्त्रीहरु, पूर्व परराष्ट्रमन्त्रीहरु र सबै दलका नेताहरुलाई आमन्त्रण गरिएको छ ।

बैठक शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको निजी सचिवालय स्रोतले जनाएको छ । भारतले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि सरकारले त्यसलाई अस्वीकार्य हुने बताएको छ ।