२० साउन, एजेन्सी । भारतले जम्मु काश्मीरलाई स्वायत्त राज्य मान्यता दिने संवैधानिक प्रावधान खारेज गरेपछि पाकिस्तानले आफ्नो ताजा प्रतिक्रियाहरु सार्वजनिक गरिरहेको छ ।

पाकिस्तानका विदेश मन्त्री शाह महमूद कुरैशीले भारतीय कदमको पाकिस्तानले खारेज गर्ने प्रक्रिया दिएका छन् । यो अन्तर्राष्ट्रिय विवाद हो, यस विषयलाई लिएर संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा थुप्रै प्रस्तावहरु छन् ।

प्रत्येक कश्मीरी नागरिकले भारतको यो कदम अस्वीकार गरेका छन्, हरेक राजनीतिक विचारधाराले यसलाई खारेज गरेका छन् ।कुरैशीले भने ।