१५ मंसिर, काठमाडौं । कास्की क्षेत्र नम्बर २ मा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की उम्मेदवार विद्या भट्टराई विजयी भएकी छन्।

विद्याले कांग्रेसका उम्मेदवार खेमराज पौडेललाई ८ हजार भन्दा धेरै मतले पराजित गरिन् । विद्याले २४ हजार ३ सय ९४ मत प्राप्त गर्दा खेमराजले १५ हजार ९ सय ९१ मत मात्रै ल्याउन सके।

पराजय स्वीकार्दै कांग्रेस उम्मेदवार खेमराजले विद्यालाई बधाई दिएका छन्। उनले कार्यकाल सफलताको शुभकामना दिँदै विद्यालाई खादा र माला लगाइदिएर बधाई दिएका हुन्। उनले ट्वीटरमार्फत् पनि आफूले मत नजितेपनि मतदाताको मन जितेको तर्क गरेका छन् ।