१६ कात्तिक, काठमाडौं ।

काठमाडौको कमलादीस्थित् हेरिटेज प्लाजाको एक रेष्टुरेन्टमा गोली चलेको छ । घटनास्थलबाट प्रहरीले ३ जना भारतीय नागरिकलाई एक थान हतियार सहित नियन्त्रणमा लिएको छ । उनीहरुको साथमा एकाउन्न राउण्ड गोली फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुलाई महानगरिय बृत कमलपोखरीमा लगेको छ । गोली कसलाई लाग्यो र कुन प्रयोजनका लागि भारतीय सुटरहरु काठमाडौ भित्रिए भन्ने बिषयमा प्रहरीले छानवीन थालेको छ । प्रदेश र प्रतिनिधिसभा चुनावका लागि प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता गर्ने अघिल्लो दिन भएको यो घटनाले थप सुरक्षा चुनौती उव्जाएको छ ।

यसअघी असोज २३ गते काठमाडौँको नयाँ बानेश्वरस्थित खरिबोटमा निर्माण व्यवसायी शरद गौचनको हत्या भएको थियो । डीआईजी गणेश केसी नेतृत्वको टोलीले गौचनको हत्याको अनुसन्धान जारी राखेकै बेला संवेदनशील क्षेत्रमा ठूलो परिमाणमा गोली सहित आधुनीक हतियार भेटीए पनि प्रहरीले घटनाबारे अझै बिस्तृत विवरण दिएको छैन ।