मानिस किन बिरामी पर्छ ? हिन्दहुरुको गरुड पुराण यसको समेत वर्णन गरिएको छ। गरुण पुराणमा बताइए अनुसार मानिस बिरामी पर्ने यस्ता छन् कारण:garud-puran-10212817

अत्यम्बुपानं कठिनाशनं च, धातुक्षयो वेगविधापणं च।
दिवाशयो जागरणं च रात्रौ, षड्भिर्नराणा प्रभवन्ति रोगाः।।

आवश्यक भन्दा बढि पानी पिउनेdrinking water ladyपर्याप्त पिउनु शरिरको लागि राम्रो मानिन्छ। पर्याप्त पानीले पेट सम्वन्धी धेरै रोगहरुबाट बच्न समेत सकिन्छ । गरुड पुराणमा शरिरलाई चाहिने भन्दा बढि पानीले हानी पुर्याउने उल्लेख छ ।

गरुड पुराणमा लेखिएको छ- जो मनुष्य आवश्यक्ता भन्दा बढि पानी पिउँछ, उसले अनेक किसिमका रोगव्याधहरुको सामना गर्नु पर्छ। त्यसैलै आफ्नो शरिरको आवश्यक्ता बुझेर चाहिने मात्रामा मात्र पानी पिउनु पर्छ।

नित्यकर्म रोक्नुbathroom rule
गरुड पुराण भन्छ- दबाब पर्दा पनि नित्य कर्म रोक्दा शरिरलाई निकै हानी पुग्छ । निश्चित समयमा दिशा पिशाव गर्नु स्वस्थ जीवनका लागि साह्रै महत्वपुर्ण छ। दिशा वा पिशाव आएको बेला त्यसलाई रोक्नु अत्यन्त हानीकारण छ। यसले अनेका किसिमका रोगब्याधहरु ल्याउँछ।

दिनमा सुत्नुCorrect-Sleepingदिनमा सुत्नुलाई बिरामी हुनुको ठुलो कारण मानेको छ गरुण पुराणले। दिनमा सुत्नाले आलस्य बढ्ने, रातीको समयमा गहिरो निन्द्रा नलाग्ने हुन्छ । आरामका लागि दिउँसो सुत्न मज्जा आउने भए पनि यसले दिने नतिजा भने सुखद हुँदैन्।

धेरै खानुburger eating
खानामा भिटामिन, प्रोटिन, खनिज लगायतका सबै पदार्थ हुनु जुरुरी हुन्छ तर यसको अर्थ धेरै खानु भने होइन। गुरुड पुराणले धेरै भोजन गर्नुलाई अत्यन्तै हानिकारक मानेको छ। समय समयमा भोजन गर्नु र रातीको समयमा मसालेदार र धेरै भोजन गर्नबाट बच्नु पर्छ।

राती नसुत्नुTaking Sleeping Pills- Side Effects and its solutions (3)
कयौं मानिसको मध्यरातसम्म सुत्ने बानी हुन्छ तर जसरी दिनमा सुत्नु हानिकारक मानिन्छ रातमा नसुत्नु पनि त्यतिकै घातक हुन्छ। सबै चीजको एउटा निश्चित समय हुन्छ। जुन काम जुन समयमा गर्नु पर्ने हो त्यही समयमा गर्नु जरुरी हुन्छ। त्यसैले राती नसुत्नाले पनि अनेका थरि समस्यामा हाम्रो शरिरमा ल्याउँछ।

यो पढ्नुस्।
स्वस्तिकका यी ७ उपाय अपनाए बदलिन्छ भाग्य!
आंखाको यी ५ संकेत कहिल्यै नगर्नुस् वेवास्ता!