२१ भदौ, पाँचथर । डेढ साता अघि किर्ना(एकप्रकारको किरा)ले टोकेर विरामी परेका एक शिक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा फिदिम नगरपालिका–४, गढीका विनोद कुगेनम्बा छन् ।

बिरामी परेका कुगेनम्बाको पाँचथर अस्पताल र नोबेल अस्पताल विराटनगरमा समेत उपचार गर्दा सम्भव नभएपछि काठमाडौंस्थित टिचिङ अस्पतालमा उपचारका क्रममा मृत्य भएको आफन्त उपेन्द्र लावतीले बताए ।

कुगेनम्बा फिदिम–७, रानिटार माविमा शिक्षण गर्दै हुनुहुन्थ्यो ।