२२ माघ, एजेन्सी । चुम्बनको क्रममा महिला साथीको शर्त विर्सेपछि एक युवकले ठूलो मूल्य चुकाउनुपरेको छ । अमेरिकाको डेट्रायटमा एक युवतीले किस गरेको तरिका नमिलेको भन्दै आफ्नो पार्टनरको जिब्रो काटिदिएकी छन् ।

५५ वर्षीया एक महिलाले आफूखुसी एक युवकको साथमा किस गरिरहेकी थिइन् । महिलाले पुरुषलाई फ्रेन्च किस नगर्न पहिले नै भनेका थिए । पटक–पटक त्यसो नगर्न भन्दा पनि युवकले नमानेपछि महिलाले युवकको जिब्रो काटिदिएकी हुन् । घटनापछि प्रहरीले पुरुषलाई अस्पताल भर्ना गरेको छ ।

प्रहरीे कोठाबाट एक इन्च लामो जिब्रो पनि बरामद गरेको छ । प्रहरी अधिकारीले आफ्नो २७ वर्षको करिअरमा यस्तो घटना कहिल्यै नदेखेको बताएका थिए । अस्पतालमा पुरुषको उपचार चलिरहेको छ भने महिलालाई पक्राउ गरी जेल चलान गरिएको छ । महिलालाई १ वर्षको जेल र १ हजार डलर जरिवाना तोकिएको छ ।