१८ पुस, एजेन्सी । धेरैजसो अभिभावक घरपालुवा कुकुरलाई बच्चाहरुको पढाईको समयमा उनीहरुबाट टाढा राख्ने गर्छन् । पढाई छाडेर कुकुरसँग खेलेर नबसुन् भन्दै कुकुरलाई टाढा राखिने गरिन्छ । तर हालै क्यानडाको यूबीसी ओकानागन स्कुल अफ एजुकेशनको अनुसन्धानले यसको ठिक उल्टो निष्कर्ष निकालेको छ । बच्चाहरु आसपास घरपालुवा जनावर भएमा उनीहरु लामो समयसम्म पढ्ने र त्यस्तो अवस्थामा एकदमै छिटो कुराहरु बुझ्ने हुन्छन् भन्ने अध्ययनले देखाएको छ ।

१७ जना बच्चाहरुमाथि भएको अध्ययनमा १ देखि ३ कक्षासम्मका बच्चाहरुलाई सहभागि गराईएको थियो । यी बच्चाहरुलाई पहिला एक्लै पढ्न लगाइएको र पछि घरपालुवा जनावरको साथमा राखिएको थियो । अनुसन्धानकर्ताहरु कुकुरसँगै बस्दा र एक्लै बसेर कुकुर नराखि पढाई स्तर मापन गरेका छन् । एक अनुसन्धानकर्ता भन्छन्, ‘हाम्रो अध्ययनले बच्चाहरुले कुकुरको साथमा बसेर पढ्दा बढी ज्ञान हासिल गरेको पाइयो ।’

अध्ययनमा बच्चाहरुलाई पहिला पढ्न लगाइएको थियो । हरेक बच्चालाई किताब पढ्दा कुकुरलाई सुनाएर पढ्न भनिएको थियो । कुकुरलाई सँगै राखेर पढ्न लगाउँद उनीहरुमा किाब पढ्ने एकदमै धेरै रुची जागेको पाइयो भने उनीहरुले एकदमै राम्रो÷रमाइलो महसुस गरेका थिए । कैयौँ विद्यालय, पुस्तकालय र सामुदायिक संगठनहरुमा थेरापी डग रिडिङ कार्यक्रमको लोकप्रियता बढ्दै गएको छ । विद्यार्थीहरुको पढ्ने क्षमता बढाउन कुकुरले सहायकको भूमिका खेलिरहेको थियो ।