२९ असोज, काठमाडौं । नेपाली क्रिकेट टीमका युवा लेग स्पिनर सन्दीप लामिछाने अहिले फुर्सदमा छन् । लगातार विभिन्न लिग र राष्ट्रिय टीमको खेल खेलेर स्वदेश फर्किएका उनी अहिले छुट्टी मनाउँदै रमाइलो गरिरहेका छन् ।

सामाजिक सञ्जालमा सक्रिय सन्दीपले बुधबार एक तस्बिर राखे, त्यो पनि कुकुरसँग । स्पोट्स जुत्ता, हाफपाइन्ट र टिसर्टमा देखिएक सन्दीप मुस्कुराउँदै कुकुरसँग खेलिरहेका छन् । कुकुरको अगाडिको दुई खुट्टा समातेर सन्दीप हाँस्दै गर्दा उनको पृष्ठभूमिमा घर छ । तस्बिरसँगै उनले लेखेका छन्, ‘तिम्रो मुस्कानमा अल्झिएका मेरा आँखाहरू’

सन्दीप केही समयको लागि फुर्सदिलै छन् । गतवर्ष झैँ उनले यो वर्ष सबै लिगहरु नखेल्ने बताएका छन् । उनले आफूले छानेर मात्र लिगहरु खेल्ने बताइरहँदा केही समय अझ उनको कार्यतालिका फुर्सदिलै भएको अनुमान गर्न सकिन्छ ।