१८ भदौ, काठमाडौं । गोरखामा एक युवकले छिमेकी महिलालाई कुटीकुटी हत्या गरेकी छन् ।

कुटपिटको अभियोगमा चुमनुब्री गाउँपालिका–१ साम्दो बस्ने ३८ वर्षीय निमा दोर्जे लामालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

निमाले मंगलबार दिउँसो सोही ठाउँ बस्ने ६८ वर्षीय तेन्जेङ दोर्जे लामालाई कुटपिट गर्दा मृत्यु भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी सामागाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।