१ फागुन,काठमाडौं । रोजगारीका लागि कुवेत पुगेका ४ नेपालीको पुरिएर मृत्यु भएको छ । मुत्ला सिटीमा हाउजिङ निर्माणका क्रममा खाल्डोमा पसेर काम गरिरहेका नेपालीहरु पुरिएका हुन् ।

ठूलो ढुंगा फुटाउनका लागि बम पड्काउँदा ढुंगा र बालुवा खसेर उनीहरुलाई पुरेको अरब न्यूज अनलाइनले जनाएको छ । दुर्घटनालगत्तै ७ जनाको उद्दार गरिएपनि चार नेपालीको मृत्यु भएको र ३ जना गम्भीर घाइते भएको समाचारमा उल्लेख छ । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । १० जना कामदार खाडलमा छिरेको र तीनजना अझै हराइरहेको कुवेतटाइम्सले लेखेको छ ।

उनीहरुको खोजी र उद्दार चलिरहेको छ । मृतक र घाइतेको नाम खुलाइएको छैन ।चिनियाँ कम्पनीले मुत्ला सिटीमा हाउजिङ निर्माण गरिरहेको छ । त्यहाँ थुप्रै नेपाली र भारतीय कार्यरत छन् ।

घटना भएको थाहा पाएलगत्तै घटनास्थल पुगेकी कार्य तथा आवास मन्त्री डाक्टर अल फेयर्सले घटनाको छानवीन गरी एक हप्ताभित्र प्रतिवेदन दिन निर्देशन दिएकी छिन् ।