२९ पुस, काठमाडौं । कृषि विकास बैंकको ४ करोडभन्दा बढी रकम हिनानिा गरेको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैंकको न्यूरोड शाखाका तत्कालीन प्रबन्धकसहित ८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । आयोगका प्रवक्ता प्रदीप कोइरालाले मंगलबार उनीहरुविरुद्ध मुद्दा दर्ता गरेको जानकारी गराएका हुन् ।

गत असोज ५ गते सिरहा शाखाको उक्त पैसा सिस्टम ह्याक गरेर बैंकको केन्द्रीय कार्यालय पुर्‍याइएको थियो । पछि उक्त रकम बैंकबाट विभिन्न व्यक्तिले निकालेका थिए। यसका मुख्य योजनाकार अफ्रिकन मूलका नागरिक पिटर रहेको प्रहरीले बताउँदै आएको छ ।

मुम्बईमा बसेर उनले कृषि विकास बैंकको सिस्टम ह्याक गरी रकम विभिन्न व्यक्तिको खातामा पुर्‍याएर निकालेको प्रहरीको भनाइ छ । कृषि विकास बैंकको सिस्टम ह्याक गरेर रकम झिकेको प्रकणमा ३६ जना प्रतिवादी छन् । पक्राउ परेका नेपाललाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसरको जिम्मा लगाइएको महाशाखाले जनायो ।