सम्बन्ध सुमधुर कायम राख्न केटा वा केटी दुवैको लगाव आवश्यक हुन्छ। सम्बन्ध बचाइराख्न वा टुटाउन कुनै ठूला विषय हुन जरुरी हुन्न। स-सना विषय सम्बन्ध बचाइराख्ने कडी हुन्छन्। केटाले गरेको स-सनो काममा पनि केटी ख्याल गर्छन्। जस्तो कि जाडो महसुस हुँदा केटाले ज्याकेट दिओस् वा आफुमा भएको परिवर्तन जस्तो कपाल छोट्याएको, नङ पालिस अर्कै रंगको लगाएको आदि केटाले देखोस्, वा कमेन्ट गरोस् भन्ने चाहना हुन्छ। यस्तै स-सना कुराहरुमा विचार पुर्याउँदा सम्बन्धले गति लिने गर्छ। तपाईको गर्लफ्रेन्ड वा जीवनसाथी खुसी राख्न यी कुराहरु गर्न सक्नुहुन्छ।

सर्प्राइज हुने गरी पछाडीबाट अंगालो हाल्ने। क्युट!

फिल्म हेर्दा अगालोमा हुँदा कपाल चलाउने, औला दगुराउने।

जाडो हुँदा गर्लफ्रेन्डलाई आफ्नो ज्याकेट अफर गर्ने।

लभनोट (पत्र) पठाउने। स्मार्टफोनको जमानामा अलिक नसुहाउँदो, तर त्यो नोट पाउने दिनभर उल्लु झै मुस्काइरहन्छ।

बाटो काट्दा हात समात्ने। यसले प्रत्येक पटक तपाईको पार्टनरको मुटुको ढुकढुकी बढाउँछ, एक छुटै रोमाञ्चक फिल गराउँछ।

दिनभर कामको थकान पछि सबैभन्दा राम्रो खबर के होला? तपाईलाई लिन पार्टनर आएको छ, घर पुर्याइदिन ! एक दिन पब्लिक गाडीको भिडबाट बच्न पाइयो!

स-सानो कुरा याद गर्ने अनि पार्टनरलाई भन्ने। जस्तो कि, उनको मनपर्ने साथीको नाम, मननपर्ने साथीका काण्ड, उनलाई मिठो लाग्ने खानेकुराको नाम, मनपरेको फिल्म आदि।

उनलाई राम्रो लाग्ने गित गुनगुनाउने। गाउन सक्नुहुन्न, राम्रो गाउनुहुन्न भने पनि फरक पर्दैन। उनको अनुहारमा खुसी देख्नुहुन्छ।