३० फागुन, एजेन्सी । केन्या र कजाखस्थानमा पहिलो पटक कोरोना भाइरसको संक्रमण भेटिएको छ ।

केन्यमा लण्डन र अमेरिका हुँदै गएका एक व्यक्तिमा कोरोनाको संक्रमण भेटिएको हो । स्वास्थ्य मन्त्री मुताही काग्वेले पहिलो पटक केन्यामा कोरोना संक्रमण देखिएको पुष्टि गरेका हुन् ।

कजाखस्तानमा जर्मनीबाट फर्किएका एक व्यक्तिमा कोरोनाको संक्रमण देखिएको हो । स्वास्थ्य मन्त्री एल्झान ब्रितानोभले मध्य एशियामै पहिलोपल्ट कोरोना भित्रिएको पुष्टि गरेका अलजजिराले जनाएको छ ।