७ मंसिर, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी ओलीले हिजोआज चुनाव सारेको सपना देख्ने गरेको बताएका छन् ।
अध्यक्ष ओलीले प्रधानमन्त्रीले चुनाव सार्न सक्ने संभावना रहेको भाषण दिने गरेकोप्रति लक्षित गर्दै प्रधानमन्त्री देउवाले भने, ओलीजीले हिजोआज सपनापनि मैले चुनाव सारेको देख्न थालेको जस्तो छ ।

थप कटाक्ष गर्दै उनले भोट हालिसकेर पनि ओलीले ‘देउवाले चुनाव सार्दैछ’ भन्न सक्ने बताए ।

रोल्पामा आयोजित चुनावी सभामा देउवाले, कम्युनिष्ट सरकार आयो भने डर र त्रासमा बाँच्नु पर्ने भन्दै नेपालका कम्युनिष्टले विश्वमै खत्तम भईसकेको व्यवस्था ल्याउन चाहेका वताए ।

उनले भने ‘नेपालका कम्युनिष्टहरुले चिनमा सकिएको माओबाद, रुसमा लेनिनबाद र माओबादको सपनामा जनता भुलाई रहेका छन ।’