२१ चैत, काठमाडौं ।

नेकपा एमालेले पार्टी नेता एवं काठमाडौं महानगरपालिकाका पूर्व मेयर केशव स्थापितलाई नै मेयरको उम्मेदवार बनाउने तयारी गरेको छ ।

keshav sthapit

त्यसका लागि एमाले अध्यक्ष के पी शर्मा ओली र उपाध्यक्ष बाबदेव गौतमले ग्रीन सिग्लन दिएका छन् ।

पहिलो मेयर भएको बेला राम्रो छवि बनाएकाले स्थापितलाई मेयरको उम्मेदवार बनाउन एमाले सकारात्मक देखिएको हो ।

यसअघि पार्टी सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईलाई मेयरको उम्मेदवार बनाउने चर्चा थियो ।

नेपाली हेडलाइन्ससँग कुरा गर्दै स्थापितले आफूलाई उम्मेदवार बनाउन एमाले अध्यक्ष ओली र उपाध्यक्ष गौतम सकारात्मक रहेको दावी गरेका छन् ।

एमालेले सहयोग गरे आफू त्यसका लागि तयार रहेको स्थापितले प्रतिकृया दिए । एमालेका एक नेताका अनुसार स्थापितको नाम टुंगो लागिसकेकाे छैन ।

‘पूर्व मेयर पनि भएकाले र स्थानीयमाझ राम्रो छाप रहेकाले उहाँको नाम आएको हो ।,’ति नेताले नेपाली हेडलाइन्सलाई बताए, ‘संभावित ४, ५ जना उम्मेदवार भित्र उहाँको नाम आएको छ, तर टुंगाउन बाँकी छ ।’