९ मंसिर, एजेन्सी । बलिउड नायिका कंगना रनौत छिट्टै नै फिल्म ‘थलाइवी’मा जयललिताको भूमिका देखिँदैछिन् । फिल्मको लागि उनलाई मोटो रकम दिएर अफर गरिएको थियो । फिल्ममा कंगना रनौतको लुक कस्तो हुन्छ भन्नेबारेमा निर्माण टीमले हालै फिल्मको पोस्टर र फस्र्ट टीजर सार्वजनिक गरिएको छ । कंगनाको लुक सार्वजनिक भइसकेपछि सामाजिक सञ्जालमा उनको एकदमै ट्रोल भइरहेको छ । फस्र्ट लुकमा कंगनाको अनुहार कुनै एनिमेटेड गुडियाको जस्तो देखिएको छ भने उनको शरीर जरुरीभन्दा धेरै असन्तुलित देखिएको छ ।

ए एल विजयको निर्देशनमा बनेको फिल्मको लागि कंगनाले आफ्नो ट्रान्सफरमेसनको बारेमा एक भारतीय मिडियासँग कुराकानी गरेकी छन् । उनले शरीर कसरी ट्रान्सफरमेसन गराइयो भन्नेबारेमा पनि कंगनाले खुलेर कुरा गरेकी छन् । कंगनाले भनिन, ‘जब सिनेमामा कसैलाई पर्दामा देखाउनु छ भने कलाकार सामान्यतया आफ्नो लुक्स आफैँ परिवर्तन गर्छन् । मेरो रुपलाई जतिसक्दो जयललिताको लुकमा ढाल्नको लागि सकेसम्म प्रयास गरिरहेका छन् । किनकी जयललिताले पनि आफूलाई एकदमै धेरै ट्रान्सफरमेसन गरेका थिए ।’

एक भारतनाट्यम डान्सर भएकाले जयललिताको शरीर एकदमै राम्रो थियो । राजनीतिमा छिरिसकेपछि उनी दुर्घटनामा परिन् । दुर्घटनापछि उनले विशेष किसिमको स्टेरायड लिन बाध्य भएकी थिइन् । मोटो लुक्समा बदल्नको लागि कंगनाले तीन चरण प्रयोग गरिएको छ । आफू एकदमै दुब्लो भएको र जयललिताको तौल एकदमै बढी भएकोले ट्रान्सफरमेसनमा केही असहज भएको उनको तर्क छ । साथै कंगनाको अनुहारको आकार भी सेपको छ भने जयललिताको अनुहारको आकार ओ अकारको छ । केही ट्रान्सफरमेसनको लागि उनले हार्मोन पिल्सको प्रयोग गर्नुपरेको थियो । साथै उनले आफ्नो शरीरको तौल बढाउनको लागि डाइट पनि बढाएकी थिइन् ।