एजेन्सी । बलिउड नायिका अनुष्का शर्मा ‘जीरो’ चलचित्र रिलिज भएपछि गुमनाम भएकी छिन् । उनले अरु कुनै नयाँ प्रजेक्टमा पनि सम्झौता गरेकी छैनन् । यस्तो अवस्थामा अनुष्काको फिल्मी करियरलाई लिएर नै भारतमा विभिन्न हल्ला चलेका छन् ।

मिडिया रिपोर्ट अनुसार अनुष्का बलिउड छोड्ने योजनामा रहेको चर्चा छ । साथ साथै यसको पछाडी क्रिकेटर एवं उनका पति बिराट कोहलीको संलग्नता रहेको चर्चा चलेको आजतकले लेखेकाे छ । केहीले भने अनुष्का गर्भवती भएको हल्लासमेत फिजाँएका छन् ।

ओटीभीको खबर अनुसार बरिाट कोहलीको आग्रहमा अनुष्का अभिनय छोड्ने तरखरमा रहेकी छिन् । बिराट चाहन्छन् कि अनुषकाले धेरै भन्दा धेरै समय परिवारलाई दिन सकुन् । जहासम्म गर्भवती भएको भन्ने खबर छ यसलाई अनुष्काले यसअघि नै हल्ला मात्रै भएको बताइसकेकी छिन् ।

हालका दिनमा अनुष्का शर्मा फिल्मि इभेन्ट वा पार्टिहरुमा त्यति जाँदिनन् । उनी धेरैजसो बिराट कोहलीसँगै होलिडे वा क्रिकेट टुर्नामेन्टमा पतिको हौसला बढाइरहेको देखिन्छिन् ।