नुहाएपछि हाम्रो शरिरको केही हिस्साको छाला खुम्चिने गर्छ। हात, हत्केला, औलाको छाला धेरै बेर पानीमा रहँदा खुम्चेर चाउरिएझै हुन्छ।

skin wrinkle after bath

आखिर यसको कारण के हो?

शरिर हुने विभिन्न बायोकेमिकल प्रतिक्रियाको कारण यस्तो हुने बताइन्छ। पानीमा रहँदा हाम्रो छालाबाट सामान्य भन्दा अधिक कोष बाहिर निस्कन्छन्, अर्थात ओस्मोसिस, जसले गर्दा छाला खुम्चिन पुग्छ।

महिला र पुरुषको शर्टमा बटन किन फरक साइडमा हुन्छ ? ४ कारण

तर वैज्ञानिक भन्छन्, यो केवल ओस्मोसिस (Osmosis) मात्र होइन। वैज्ञानिकले पत्ता लगाएका छन् कि छालाको जुन हिस्सा चाउरी परेको छ, यदि त्यहाँको केही नसा काटिदिने हो भने त्यसरी चाउरी पर्दैन। अर्थात छालाको कुनै हिस्सा चाउरी पर्नु केवल छालामा भएको बायोकेमिकल प्रतिक्रियाले मात्र होइन। यो मस्तिष्कबाटै निर्देशित हुन्छ।

अमेरिकी वैज्ञानिक मार्क चान्गिजी भन्छन् कि हाम्रो शरिर वातावरण परिवर्तन भए अनुसार आफुलाई पनि परिवर्तन गर्दछ। अर्थात छाला भिजेको बेला पनि हामी ठिक ढंकले चिजहरुलाई समाउन सकौं भनी शरिरले भिजेको छालाको हिस्सामा चाउरी पारिदिन्छ।

के तपाईँलाई थाहा छ? जिन्स प्यान्टको दाहिने पट्टि हुने सानो खल्ती केको लागि हो?

सन् २०११ मा मार्केले एक अनुसन्धानको क्रममा यस्तो परिवर्तन बाँदरमा पनि भेटेका थिए। यसको एउटै अर्थ हुन्छ कि पानीमा हाम्रो पकड बलियो होस्।

ताईवानमा भएको अर्को प्रयोगमा भिजेको हातले सामान उठाउन झन् गाह्रो हुने नतिजा निकालियो। तर जब चाउरी पर्ने गरी हात वा खुट्टा भिजाइयो र चाउरी परेको हातले कुनै पनि वस्तु समात्न सहज हुने थाहा भयो, तब शरिरले वातावरण अनुसार आफुलाई ढाल्ने रहस्य खुल्यो।

भिजेको खुट्टाले भुइँमा टेक्दा चिप्लिने बढी डर हुन्छ, कतै समात्न खोज्दा चिप्लो भएर समात्न सकिन्न। तर कम्तिमा ५ मिनेट पानीमा भिजेको हात वा खुट्टामा पर्ने चाउरीको कारण भने त्यस्तो चिप्लोपना कम हुन्छ। पानीमा भिजेर छाला चाउरी पर्नु शरिरले आफ्नो रक्षा गर्न अपनाएको विधि भएको पत्ता लाग्यो।