-कुशल श्रेष्ठ

यहाँ प्वाल देखि लाग्ने डर ट्राइपोफोबियाको बारेमा चर्चा गरिएको छ। यी तस्बिरहरुबाट लाग्ने डर कसरी हटाउने मात्र पढ्नको लागि लेखको सबैभन्दा तल पढ्न सकिन्छ।

हरेक मानिसलाई कुनै न कुनै कुराको डर हुन्छ। कसैलाई धेरै उचाईदेखि डर लाग्छ भने कसैलाई पुतली देखेर पनि डर लाग्ने हुन्छ। तर आज यहाँ यस्तो डरको बारेमा जानकारी दिँदैछौँ कि यो डर प्रायः सबैलाई हुन्छ। हरेक १०० जनामा ९० जनालाई यस्तो किसिमको डर भएको पाइन्छ।
Trypophobia (2)Trypophobia (3)

Trypophobia pics (4)

तपाईँलाई के भैरहेको छ भनेर तपाईँ आफैले व्यक्त गर्न सक्नुहुन्न होला! भित्र भित्रै शरीरमा हलचल आउँदछ, दिमागमा खलबली मच्चिन थाल्दछ, मुटु नै सिरिङ्ग हुन्छ, अनि तस्विरमा देखाइएको घाउ हेरेर आफ्नै शरीरमा पनि त्यस्तै किसिमको घाउ भएको महशुस गर्नुहुन्छ भने तपाईँलाई ‘ट्राइपोफोबिया’ (Trypophobia) छ भन्न सकिन्छ।

के हो त ट्राइपोफोबिया?

ट्राइपोफोबिया मानिसलाई नचाहिने ठाउँमा प्वाल अथवा थुप्रै प्वालहरू देख्दा लाग्ने डर हो।

अनुसन्धानकर्ता ‘जियोफ कोल’ र ‘आर्नल्ड विल्किन्स’का अनुसार “वास्तवमा मानिसहरू यी प्वालहरू देखेर डराउने हैनन्, तर त्यी प्वालसँग सम्बन्धित खतरासँग डराउने गर्छन्। कस्तो किसिमको खतरा भन्ने कुरा चाहिँ अनुसन्धान कै विषय हो।”Trypophobia (1)

जब मानिसहरूले छालाको अनावश्यक भाग, मासु, काठ, बोटबिरुवाहरू आदिमा प्वालहरू देख्छन्, तब उनीहरूलाई यस्तो किसिमको डर पैदा हुन्छ, त्यसैलाई नै ‘ट्राइपोफोबिया’ भनिन्छ।

ट्राइपोफोबियाका लक्षणहरू के के हुन्?

यस्ता प्वालहरू देखेर हुने प्रतिक्रियाहरू एकदम तीव्र किसिमको हुन्छ। “यस्तो किसिमको तस्विर अथवा प्वालहरू देख्दा मानिसहरूलाई आफ्नै शरीरमा केहि हिँडिरहेको जस्तो महशुस हुने, काउकुती लाग्ने, कता कता चिलाएको जस्तो हुने, शारीरिक रूपमा बिसञ्चो बनाउने जस्ता अवस्थाहरू हुने हुन्छ।trypophobia symptooms

कसैकसैलाई त त्यो प्वालभित्र केहि अजीव कुरा बसिरहेको जस्तो लाग्ने अनि आफू पनि त्यहि प्वालभित्र खसिन्छ कि अथवा आफ्नो शरीरमा पनि त्यस्तै प्वालहरू आउँछ कि भन्ने डर पनि लाग्दछ।

के कारणले गर्दा यस्तो डर लाग्छ?

मनोवैज्ञानिक जियोफ कोल र आर्नल्ड विल्किन्सका अनुसार मानिसको दिमागले कुनै कुरा देख्दा उक्त तस्विरलाई आफूले पहिले देखेको घटनाहरुसंग तुलना गर्ने गर्दछ। यसै क्रममा ती प्वालहरूलाई मानिसको दिमागले यदि कुनै खतरनाक जीव अथवा वस्तुहरूसँग तुलना गर्यो भने मानिसलाई त्यस प्वालदेखि डर लाग्ने गर्दछ।trypophobia reason

“मानिसको दिमागको प्राचीन विकासक्रमको एक हिस्साले उक्त तस्विर कुनै खतरनाक जीव अथवा वस्तुको हो भनेर सङ्केत दिँन्छ, त्यसैले नै मानिसहरूलाई डर लाग्दछ।”, कोल भन्दछन्। उनी भन्छन्- “हरेक मानिसमा ट्राइपोफोबियाको कारणहरू भिन्न हुन्छन्। एकजनालाई डर निम्त्याउने वस्तुले अर्कोलाई ननिम्त्याउन सक्छ। यदि तपाईँलाई पहिला केहि कुराले दुःख दिएको थियो भने फेरि पछि पनि त्यहि कुराले तपाईँलाई पक्कै पनि हैरान बनाउँदछ। ट्राइपोफोबियाको कारण पनि यहि हुन सक्छ। तर यसको विस्तृत अनुसन्धान भने हुन बाँकी नै छ।”

यस्तो डरलाई कसरी हटाउने?

एउटा नेपाली उखान त पक्कै पनि सुन्नुभएकै होला, “कि त पढेर जानिन्छ, कि त परेर जानिन्छ!”

१. यसलाई बुझ्ने प्रयास गर्नुहोस्-

यति बुझ्न आवश्यक छ कि यो डर केवल एक भ्रम हो, यसले केही हानी नोक्सानी गर्दैन। पहिला यस्तो दृश्यले तपाईँलाई डर लागेको थियो भने अब उक्त डरलाई आफ्नो मन देखि नै उखेलेर फाल्नु आवश्यक हुन्छ।

त्यसपछि ट्राइपोफोबिया भनेको के हो बुझ्नु जरुरी हुन्छ। अझसम्म त यसको बारेमा बुझ्नुभयो होला। अनि अर्को कुरा, माथी देखाइएका तस्विरहरू वास्तविक होइनन्, यो सबै ‘फोटोसप’को गरिएका हुन। मानिसको छालामा अझसम्म यस्तो किसिमको रोग देखापरेको छैन, वास्तवमा ट्राइपोफोबिया रोग होइन, यो त केवल एक मानसिक अवस्था हो, केवल एक डर मात्र हो, यस्ता दृश्य वा तस्विर, अनि प्वाल अस्वभाविक भएका चीजबाट लाग्ने डर माात्र हो। यस्तो डर असोभाविक भने हैन।

२. यसलाई एक रक्षात्मक प्रणालीको रूपमा मान्न सकिन्छ-

ट्राइपोफोबियाको बारेमा धेरै तथ्य थाहा नभएपनि केहि वैज्ञानिकहरूले यो डर मानव जातीको विकासक्रमसँग सम्बन्धित छ भन्ने कुराको अनुमान गरेका छन्। याद गर्नुहोस् त, कुनै कुनै विषालु र डरलाग्दा जनावरहरूको शरीरमा यस्तै किसिमका डरलाग्दा र घिनलाग्दा प्वालहरू हुन्छन्, त्यसैले मानिसहरूमा यस्ता प्वालबाट डर लाग्नुको कारण यस्तै किसिमका डरलाग्दा जनावरहरूबाट बच्नको लागि दिमागले विकास गरेको रक्षात्मक प्रणालीले गर्दा पनि हुन सक्छ।

३. तपाईँलाई यस्ता प्वालहरूबाट डर लाग्ने मूख्य कारण के हो पत्ता लगाउनुहोस्-

कसै‍-कसैले आफ्नो ट्राइपोफोबियालाई आफ्ने जीवनको कुनै घटनासँग जोड्ने गरेका हुन्छन्, जसले गर्दा डरलाई हटाउन मद्दत पुग्दछ। पहिलो चोटी तपाईँलाई यस्ता प्वालहरू देखि डर लागेको पल सम्झने प्रयास गर्नुहोस्। हरेक मानिसमा यो फरक हुन्छ, अनि हरेक मानिसमा छुट्टै किसिमका दृश्यबाट डर लाग्ने गर्दछ। तपाईँलाई के कुराले यसरी सताउँछ अनि कुन नराम्रो अनुभवको कारण तपाईँमा यस्तो किसिमको डर हुने गर्दछ, त्यसलाई सम्झेर यसको डर बुझ्न सकिन्छ अनि बिस्तारै आफ्नो दिमागबाट ट्राइपोफोबिया हटाउन सकिन्छ।

ट्राइपोफोबिया कुनै रोग होइन, यसलाई कुनै उपचारको आवश्यक पनि पर्दैन। यो त प्रायः मानिसमा हुने साधारण डर हो, भय हो।  डर सफलताको शत्रु हो। डर हटाउनु नै उत्तम कदम हो।
यो पनि पढ्नुहोस्।
ताज महलको बारेमा अझसम्म थाहा भएको कुरा झुट सावितः साँचो रहस्य खुल्यो