यदि तपाई पनि एक ठाउँबाट अर्को ठाउँमा जान बाइकको प्रयोग गर्नुहुन्छ भने यो पढ्नुहोस् तपाईका लागि उपयोगी हुन्छ । रफ्तारका सौखिन पुरुषका लागि बाइक चलाउँनु सौख मात्रै होइन, आवश्यकता पनि बनेको छ । तर, बाइकको यात्राको अवधिमा बाइक चालकलाई धेरै समस्या झेल्नुपर्ने हुन्छ । के–के छन्, त्यस्ता समस्या जान्नुहोस् ।

घाममा छाला डढ्ने – बाइक चलाउँने जो–कोहीको गुनासो भनेको लगातार बाइक चलाउनाले उसको हातको छाला घामले डढ्ने गर्छ । यदि तपाई पनि बाइक चलाउँने क्रममा हातको छाला डढ्छ भन्ने लाग्छ भने पूरा बाहुलाको कपडा लगाउँनुहोस् । बाहिर निस्कदा हातमा सनस्क्रिम लगाउनले गर्नुहोस् ।

सुख्खा छाला – बाइक चलाउने व्यक्तिको प्रायजसो अनुहारको छाला फूस्रिने गर्छ । गर्मीमो हावाले सिँधै अनुहारमा हानेमा त्यहाँको छाला सुख्खा हुन्छ । त्यसैले अनुहारमा राम्रो गुणस्तरको ‘मोइश्चरराइजर’ लगाएर निस्कनुहोस् ।

अनुहारमा फोका – धूलो मसिएको हावाले अनुहारमा हानलेपछि फोका आउँने गर्छ । यस्तो समस्या नहोस् भन्नका लागि बाहिरबाट आउने बित्तिकै अनुहारलाई राम्ररी सफा गर्नुहोस् ।

कम्मर दुख्ने – बाइक चलाउँने व्यक्तिलाई कम्मर दुख्ने पनि समस्या रहन्छ । लामो समयसम्म बाइक चलाउँदा हात र कम्मपरमा दुखाई हुनथाल्छ । यसका लागि लगातार लामो समयसम्म बाइक चलाउँनबाट रोकिनु पर्यो ।

औँलामा गाँठो – बाइक चलाउँने व्यक्तिको औलाहरुमा ऐठन हुनका साथै गाठो जस्ता पनि बन्न थाल्छ । यसका लागि हातमा पञ्जा लगाएर हिड्नुपर्छ ।