२९ साउन, काठमाडौं । काठमाडौंको कोटेश्वरमा महानगरीय ट्राफिक प्रहरी महाशाखाको गाडीले ठक्कर दिँदा एक पैदलयात्रुको मृत्यु भएको छ ।

कोटेश्वरबाट बालकुमारीतर्फ जाने क्रममा महाशाखाको बा १ झ ७८ ६६ नम्बरको गाडीले ठक्कर दिँदा राति सवा ११ बजे पैदल यात्रुको मृत्यु भएको हो । मृतकको परिचय खुलेको छैन । ठक्करबाट गम्भीर घाइते भएका ति व्यक्तिलाई उपचारका लागि राति नै ट्रमा सेन्टर पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेको काडमाडौं प्रहरी परिसर टेकुका प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीले बताए ।