१७ चैत, एजेन्सी । संसारभर कोरोनाभाइरस अर्थात कोभिड १९ को संक्रमण तीब्ररुपमा फैलिरहेको छ । संसारभरका ७ लाखभन्दा बढी मानिस यसबाट संक्रमित भइसकेका छन् । कोरोनाभाइरसको संक्रमणको समयमा गर्भवती महिला र भर्खरै सुत्केरी भएका आमाहरुको मनमा विभिन्न किसिमका प्रश्नहरु आइरहेका हुनसक्छन् ।

जस्तैः भाइरस आमाको शरीरबाट बच्चाको शरीरमा जानसक्छ ?, कोरोनासंक्रमित आमाले बच्चालाई स्तनपान गराउन सक्छिन् ? यस्ता किसिमका प्रश्नहरुले गर्भवती र सुत्केरी महिला र उनका परिवारमा पनि तनाव भएको हुनसक्छ । यस्ता प्रश्नका विश्व स्वास्थ्य संगठनको जवाफ कस्तो छ त ?

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाभाइरसबाट संक्रमित महिलाहरुद्वारा नवजात शिशुलाई स्तनपान गराउँदा अहिलेसम्म कुनैपनि खतरा देखाएको छैन । त्यसकारण महिलाहरुले स्तपाना गराउन चाहन्छन् भने गराउँदा हुने तर त्यसको लाथि केकी विशेष कुराहरुको भने ध्यान राख्नुपर्ने संगठनको भनाइ छ ।

भाइरस संक्रमित आमाले शिशुलाई स्तनपान गराउँदा मास्क लगाउनुपर्नेछ भने स्वास लिने क्रममा हाइजिनको नियम पालना गर्नुपर्ने हुन्छ । नवजात शिशु लिनुअघि र लिइसकेपछि नियमित साबुनपानीले हात धुन पनि संगठनले सुझाव दिएको छ । त्यसैगरी बच्चालाई लिएर जाने जुनसुकै स्थानमा जाँदा पनि उक्त स्थानको सरसफाई विशेष ध्यान दिनुपर्नेमा संगठनले जोड दिएको छ ।

त्यसैगरी अमेरिकाको सेन्ट्रल फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी)को एक रिपोर्टमा कोरोनाभाइरस संक्रमित गर्भवती महिलाले जन्माएको बच्चामा भाइरस नदेखिएको बताएको छ । यसैगरी सीडिसीले महिलाले स्तनपान गराउँदा पनि भाइरसन नपाएको उल्लेख गरेको छ ।