१४ चैत, काठमाडौं । प्रेस काउन्सिल नेपालले कोरोना भाइरसको बारेमा आपत्तिजनक, भ्रमपूर्ण र अतिरञ्जित शीर्षक राखेर भ्रम फैलाउने तीनवटा वेबसाइटहरुलाई बन्द गर्न शुक्रबार पत्राचार गरेको छ ।

नियमानुसार दर्ता एवं सूचीकरण नभएका ३ वटा वेबसाइट नेपालभित्र प्रकाशन हुन नसक्नेगरी बन्द गर्न नेपाल दुरसञ्चार प्राधिकरणलाई पत्राचार गरिएको काउन्सिलका उप–प्रशासकिय अधिकृत रामशरण बोहराले जानकारी दिए । अधिकृत बोहराका अन्य तीनवटा अनलाइन सञ्चारमाध्यमलाई विवादास्पद र आपत्तिजनक सामग्री हटाउन तथा २४ घण्टे स्पस्टिकरण पेश गर्न निर्देशन दिइएको छ ।

काउन्सिलले अहिलेसम्म कोरोना भाइरसको विषयमा अतिरञ्जित सामग्री सम्प्रेषण गरेका तर दर्ता एवं सूचिकरण नभएका ११ वटा वेबसाइटलाई नेपालभित्र खुल्न नसक्ने बनाइसकेको छ । यस्तै २६ वटा सञ्चारमाध्यमसँग जिम्मेवारीपूर्वक जवाफ मागेको छ । यस्तै काउन्सिलले भ्रमपूर्ण हल्ला नफैलाउन सबै सञ्चारकर्मी र सामाजिक सञ्जाल प्रयोगतकर्तालाई अनुरोध गरेको छ ।

dav