१७ चैत एजेन्सी । कोरोनाभाइरसको महामारीमा थाइल्याण्डका राजा महा वजिरालोंगकोर्न आफ्नो जनतालाई साथ दिन छोडेर दक्षिणी जर्मनी भागेका छन् ।

राजाले दक्षिणी जर्मनीको एक भव्य होटल बुक गरेका छन् । जहाँ उनको साथमा २० महिलाहरु र केही कामदार पनि रहनेछन् । राजाको यस्तो हरकत पछि जनता एकदमै निराश भएका छन् ।

होटलमा राजा वजिरालोेन्गकोर्न आइसोलेसनमा रहनेछन् । जर्मनी अखबार बिल्ड रिपोर्टका अनुसार राजाले यसको लागि स्थानीय जिल्ला परिषदसँग अनुमति पनि लिएका हुन् । राजाको लागि होटलभित्र ‘हरम’ बनाइएको छ । जसमा २० महिला रहनेछन् भने उनीहरुको सेवामा सैयौँ कामदार रहनेछन् ।

यद्यपि होटलमा उनको साथ उनका तीन पूर्वपत्नी छन् वा छैनन् भन्नेबारेमा भने अहिलेसम्म पुष्टि हुन सकेको छैन । तीनजनासँगै उनको सम्बन्ध बिच्छेद भइसकेको भने उनले केही समय अघि आफ्नै सेक्युरिटी कमाण्डरसँग चौथो विवाह गरेका थिए ।

जर्मनीमा कोरोना भाइरसको कारण सबै होटल र गेस्ट हाउस बन्द गर्ने निर्णय लिएको थियो । थाइल्याउण्डको राजाले होटल बुक गरेपछि त्यहाँको जिल्ला काउन्सिलले भने पाहुना एउटै गु्रपको भएकोले अनुमति दिएको स्पस्ट पारेको छ ।

राजा यस्तो महामारीको समय देशबाहिर गएपछि त्यहाँका मानिसहरुले ब्यापन विरोध गरिरहेका छन् । त्यहाँ राजाविरोधी पोस्टहरु गरेमा १५ वर्षको जेलसजाय हुने काुनन छ । यद्यपि त्यहाँका जनताले विरोध भने जारी राखेका छन् ।