४ चैत, एजेन्सी । विश्वभरी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमण १६२ भन्दाबढी देशमा पुगेका छ ।

विभिन्न एजेन्सीहरुका अनुसार सोमबारसम्म संसारभरी एक लाख ८२ हजार ७४२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

त्यसैगरी मृत्यु हुनेको सङ्ख्या पनि अघिल्लो दिन भन्दा ८६२ ले बढेको विश्वव्यापी विवरणमा उल्लेख गरिएको छ । योसँगै विश्वभरी कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ७ हजार १७४ पुगेको छ ।

कूल मृत्यु भएको र सङ्क्रमितको तथ्याङ्क हेर्दा चीनपछि कोरोनाको केन्द्र युरोप क्षेत्र भएको छ । यूरोपेली देशमध्ये सबैभन्दा बढी इटली, स्पेन, फ्रान्स, जर्मनी, स्विजरल्याण्डलगायका देश प्रभावित भएका छन् ।