११ चैत, काठमाडौं । चितवनको भरतपुरमा रहेको कोरोना विशेष (अस्थायी)अस्पतालमा उपचाररत एक युवकको मृत्यु भएको छ । मृत्यु भएका वीरगञ्जका २२ जगन्नाथपुरका ३० वर्षीय सन्तोष यादवको मृत्युको कारण खुलिसकेको छैन ।

उनलाई ज्वरो र निमोनियाको लक्षण भएपछि चितवन मेडिकल कलेजले कोरोना विशेष अस्थायी अस्पतालमा पठाएको थियो । लुपस भन्ने रोगले मिर्गौलासमेत कमजोर भएका यादवलाई कोरोना भएको हुनसक्ने आशंकामा चैत ९ गते कोरोना विशेष अस्पताल आएका पठाइएको थियो । स्वाशप्रश्वासमा समस्या बढेपछि हिजो उनलाई आइसियु कक्षमा सारिएको अस्पतालका प्रवक्ता डाक्टर भोजराज अधिकारीले जानकारी दिए ।

हिजै स्वाब परीक्षणका लागि टेकु पठाइएको र रिपोर्ट आउन बाँकी रहेको अस्पतालले जनाएको छ । यादवको शव कोरोना परीक्षणको रिपोर्ट नआउन्जेल आइसोलेसनमै राखिएको अस्पतालको विज्ञप्तीमा उल्लेख छ ।