२१ माघ, एजेन्सी । कोरोना भाइरसका कारण यतिबेला विश्व स्वास्थ्य संगठनले विश्वव्यापी आपतकाल घोषणा गरेको छ । कोरोना भाइरसको संक्रमणसँग डाक्टरहरुको लडाईँ यस्तो छ मानौं कुनै अपरिचित दुश्मनका विरुद्ध उनीहरु लडिरहेका छन् । यसले तपाइको शरीरमा कसरी आक्रमण गर्दछ ?

संक्रमणपछि मानिसको शरीरमा कस्तो खालको लक्षण देखिन्छ ? कस्ता मानिस गम्भीर रुपमा विरामी पर्ने वा मृत्युको संभावना बढी हुन्छ ? र तपाईँ यसको औषधीउपचार कसरी गर्नुहुन्छ ? चीनको वुहान शहरमा रहेको जिन्यिन्तान अस्पतालमा यो महामारीको उपचार गरिरहेका डाक्टरहरुको टिमले अब यस्ता प्रशनको जवाफ दिन सुरु गरेका छन् ।

कोरोना भाइरस संक्रमित हुने पहिलो ९९ जनाको उपचारको विस्तृत रिपोर्ट लान्सेट मेडिकल जर्नलमा प्रकाशित गरिएको छ । वुहानको जिन्यिन्तान अस्पतालमा उपचार गराएका ९९ जना पहिलो संक्रमित थिए उनीहरुमा निमोनियाको लक्षण देखिएको थियो थियो । उनीहरुमा विशेषगरी फोक्सोमा समस्या देखिएको थियो । जहाँबाट अक्सिजन रगतमा प्रवाह हुन्छ । ८३ हजार मानिसलाई ज्वरो आएको थियो । ८१ जनामाथि घँटी खस्कखस्याउने भएको थियो । ३१ जनामा श्वासप्रश्वासको समस्या देखिएको थियो ।

मृत्यु भएका पहिलो दुई जना व्यक्ति स्वस्थ नै देखिएको थियो । उनीहरुमा लामो समयदेखि चुरोटको लत थियो र यसैका कारण उनीहरुको फोक्सोमा समस्या देखिएको हुनसक्ने बताइएको छ । ६१ वर्षीय ति व्यक्तिको अस्पताल लगिएको थियो र त्यतिबेला उनी निमोनियाले ग्रस्त रहेका थिए । अर्का ६९ वर्षीय व्यक्तिमा श्वासप्रश्वासमा समस्या देखिएको थियो ।

उनलाई कृत्रिम रुपले अक्सिजन दिने प्रयास गरिएपनि बचाउन सकिएन । यसले भाइरसको संक्रमण कस्ता व्यक्तिलाई हुन्छ भन्ने स्पष्ट संकेत गरेको छ । अन्य रोग भएका र शारिरिक तथा मानसिक रुपले कमजोर मानिसलाई यस्तो भाइरसले चाँडो आक्रमण गर्छ ।

किनभने उनीहरुमा रोग प्रतिरोधात्मक क्षमता निकै कमजोर हुन्छ । कोरोना भइरस भएको अवस्थामा टाउको दुख्ने, ज्वरो आउने, श्वासप्रश्वासमा समस्या आउने, फोक्सोमा समस्या देखिने, माशंपेशी दुख्ने, घाँटी खस्खसाउने लक्षण देखा पर्ने चिकित्सकहरु बताउँछन् ।