१९ माघ, एजेन्सी । चीनमा तिब्र गतिमा फैलिइरहेको कोरोना भाइरसको संक्रमबाट चीन बाहिर पनि एक व्यक्तिको ज्यान गएको छ । झण्डै दुई दर्जन देशमा फैलिएपनि अहिलेसम्म चीनमा मात्रै यो भाइरसको संक्रमणका कारण मानिसहरुको मृत्यु भएको थियो ।

तर फिलिपिन्समा एक व्यक्तिको मृत्यु भएको हो । यनी ४४ वर्षीय चिनियाँ नागरिक रहेको र उनी कोरोनाभाइरस संक्रमणको केन्द्रबिन्दु मानिने चीनको वुहानबाट फिलिपिन्स गएको थिए । विश्व स्वास्थ्य संगठनका अनुसार फिलिपिन्स पुग्नुअघि नै उनमा संक्रमणको संकेत देखिएको थियो । अहिलेसम्म कोरोना भइरसबाट १४ हजार भन्दा धेरै मानिस संक्रमित भएका छन् भने चीनमा मात्रै ३ सय भन्दा धेरै मानिसको मृत्यु भइसकेको बीबीसीले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरस विभिन्न देशमा फैलिन थालेपछि विश्वभर संकटकाल घोषणा गरेको छ । अमेरिका, अष्ट्रेलिया र अन्य देशहरुले चीनबाट विदेशी नागरिकलाई आफ्नो देशमा छिर्न प्रतिबन्ध लगाएका छन् । चीनबाट फर्किएका आफ्ना देशका नागरिकलाई पनि छुट्टै राख्ने व्यवस्था मिलाएका छन् ।